१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रभु लाइफको साधारण शेयर मंसिर २९ गतेबाट विक्रि खुला


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मंसिर ०७७,काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको साराधरण शेयर यही मंसिर २९ गतेबाट वित्रिल खुला हुने भएको छ । प्रभु लाइफलाई नेपाल धितोपत्र बोर्डले मंसिर ११ गते आईपीओ निष्कासनको अनुमति दिएपछि यो साधारण शेयर खुला हुन लागेको हो ।
यो सेयरका लागि पुस २ गतेसम्म भर्न पाइनेछ । यो अवधिसम्म सबै सेयर बिक्री नभएमा पुस १३ गतेसम्म समयावधि थपिनेछ ।
कम्पनीले १०० रुपैयाँ दरको जम्म ६० लाख कित्ता सेयरे निष्कासन गर्न जानकारी दिएको छ । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि विक्रि हुनेछ ।
आइपीओका लागि कम्तिमा १० कित्तादेखि धेरैमा ५ हजार कित्तासम्म भर्न सकिन्छ । सेयरको निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सेयर भर्न चाहनेले सि–आस्वा सदस्य रहेका देशभरका बैंक तथा वित्तीयका शाखा र मेरो सेयर आर्फत भर्न सक्नेछन् ।
प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।
अहिलेसम्म प्रभु लाइफको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा कम्पनीहरुको बिमा समितिको प्रावधान अनुसार जीवन न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।