१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डोटीमा जिप दुर्घटना, तीनको मृत्यु


२१ मंसिर २०७७, आइतबार  

0
Shares

फाइल तस्विर

२१ मंसिर ०७७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँच जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवरा चौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन ।
दर्घटनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन ।
दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।