६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवादकाबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दै


२१ मंसिर २०७७, आइतबार  

0
Shares


२१ मंसिर ०७७, काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह १ बस्ने बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलि जाने नजाने कुनै टुंगो छैन ।
प्रधानमन्त्रीले स्थायी कमिटीको बैठकको तयारी नपुगेको भन्दै १५ दिनका लागि बैठक सार्न प्रस्ताव गरेका थिए । तर बैठकले अस्विकार गर्दै शनिबारको सचिवालय बैठकले आज(आइतबार)का लागि बैठक बोलाउने निर्णय गरेको थियो ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।
शनिबार बसेको सचिवालय बैठकमा दुवै अध्यक्षले पेश गरेको प्रस्तावमा सहमति नजुटेपछिस्थायी कमिटीमा लैजाने निर्णय भएको थियो ।
आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र पढ्न समय दिने तयारी रहेको हुँदा बैठक केही दिन लम्बिने देखिएको छ । सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेज लामो प्रस्ताव पेश गरेपछि विवाद सुरु भएको थियो । अध्यक्ष प्रचण्डको प्रस्तावलाई काउण्टर गर्दै प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले दोव्वर पेज ३८ पेज को प्रस्ताव पेश गरेका थिए ।
शनिबारको सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले दुवै अध्यक्षको प्रस्ताव फिर्ता गरेर उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा साझा प्रस्ताव बनाउन कार्यदल गठन गर्ने प्रस्ताव बैठकले अस्विकार गर्दै स्थायी बमिती बैठक बोलाएको थियो ।

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ४३ बजे