२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पशुपति क्षेत्रको गुरुयोजनालाई अन्तिम रूप दिने तयारी


२१ मंसिर २०७७, आइतबार  

0
Shares


२१ मंसिर ०७७, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गु?योजनामा स्थानीयवासीलगायत सरोकारवाला निकायको सुझाव लिई अन्तिम रूप दिने तयारी शु? भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गुरुयोजनालाई प्राविधिकरूपमा अन्तिम रूप दिई स्थानीयवासीले उठाएका सवालसमेत समेट्न अर्थविद् डा चन्द्रमणि अधिकारीको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । समितिको पहिलो बैठक बसी कार्यादेशअनुसार काम शु? गरिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् ।
सरोकारवाला निकाय र स्थानीयवासीसँग समेत अन्तक्र्रिया गरी गु?योजनालाई अन्तिम रूप दिइने उनले बताए । प्राविधिक समितिमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहसंयोजक छन् । सदस्यमा वरिष्ठ संरचनाविद् प्रा डा प्रेमनाथ मास्के, वरिष्ठ वास्तुकलाविद् प्रा डा सुदर्शनराज तिवारी, वरिष्ठ पुरातत्वविद् भीमप्रसाद नेपाल, सांस्कृतिक सम्पदा संरक्षणविद् काइवाइजे रहेका छन् । समितिको सदस्यसचिव भने कोषका सदस्यसचिव डा ढकाललाई तोकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका दुई सहसचिव र विभागका महानिर्देशक रहेको तीन सदस्यीय समितिले दिएको सुझावका आधारमा प्राविधिक समिति गठन गरिएको हो । तीन सदस्यीय समितिले पनि गुरुयोजना अध्ययन गरी थप सुधार गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । प्राविधिक समितिलाई तीन महिनामा गु?योजनालाई अन्तिम रूप दिई प्रतिवेदन पेश गर्ने समय दिइएको छ ।
समितिले पशुपति क्षेत्रको पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षको मनन गरी सरोकार भएका निकाय र स्थानीयवासीसँग छलफल गर्ने क्रमसमेत शु? गरेको छ । यसअघि गुरुयोजनाका नाममा पशुपति क्षेत्रको प्राचीन बस्ती उठाउन खोजिएको भन्दै स्थानीयवासीले संयुक्त सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ५९ बजे