१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थायी कमिटी बैठक सुरु,नेकपा अध्यक्ष ओली अनुपस्थित


२१ मंसिर २०७७, आइतबार  

0
Shares

२१ मंसिर ०७७, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलिको सहभागिता विनै आन्तरिक विवादका विषयमा छलफल गर्न डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धूम्रबाराहीमा शुरु भएको छ । बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारी विना शुरु भएको छ ।
शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ । दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलग रुपमा लाने भन्नेबारेमा नेताबीच सहमतिको प्रयास भए पनि ठोस परिणाम नआएको जनाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।