१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वाग्मती प्रदेश सरकारद्वारा ललितपुरको बज्रवारहीमा उच्चस्तरिय अस्पताका लागि सर्वे


२२ मंसिर २०७७, सोमबार  

0
Shares

चापागाँउ बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पताल । तस्विर ः ललितपुर खबर

२२ मंसिर ०७७, हेटौडा । वागमती प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयले ललितपुरको बज्रबाराहीमा उच्चस्तरको अस्पतालको सेवा प्रदान गर्न सर्भे भइरहेको जनाएको छ । मन्त्रालयले काठमाडौँको टोखा, काभ्रे र चितवनमा पनि प्रदेश स्तरिय अस्पताल निर्माण गर्ने भएको हो ।
मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लाको अस्पताललाई स्तरोन्नति र उपचार सेवालाई थप प्रभावकारी तुल्याई सञ्चालनमा ल्याएको जनाएको छ । हेटौँडा, भक्तपुर, सिन्धुली, नुवाकोट, धादिङ, चौतारा, रसुवा र धुलिखेल अस्पतालबाट कोभिड–१९ को उपचारको साथै अन्य विभिन्न प्रकारका रोगबाट प्रभावित बिरामीलाई पनि प्रभावकारी उपचार सेवा दिन सकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार हेटौँडा, सिन्धुली, नुवाकोट, भक्तपुर र धादिङ अस्पतालमा अहिले कोभिडको परीक्षण र उपचारको लागि पिसिआर मेसिन जडान गरी सञ्चालनमा ल्याइसकिएको छ । ती अस्पतालमा कोभिडको बिरामीका लागि तत्काल उपचार गर्ने क्रममा आइसियु र भेन्टिलेटर सुविधा उपलब्ध गराइसकिएको पनि प्रवक्ता डा सेढाईंले बताए ।
प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमणका बिरामीलाई तत्काल आइसियु, भेन्टिलेटरको सेवाको अतिरिक्त कोभिड अस्पताल र आइसोलेशनमा श्ययाको व्यवस्था र दक्ष जनशक्ति उपलब्ध गराँदा रु ५० करोड रकम खर्च भएकोे पनि उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले १३ जिल्लाको अस्पताललाई क्रमशः स्तरोन्नति गरी गम्भीर प्रकारको मुटु, मिर्गौला प्रत्यारोपण र अन्य रोगको उपचारको लागि अस्पतालको विस्तार गर्न आगामी आर्थिक वर्षभित्र करिब रु दुई अर्ब बजेट लगानी गर्नेतर्फ सङ्घीय सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयबीच समन्वय र आवश्यक गृहकार्य गर्दै रहेको पनि उनले बताए ।
प्रदेशअन्तर्गत रहेका १३ वटै जिल्लाका प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्ला अस्पतालको साथै आइसोलेशन कक्षले बिरामीलाई तत्काल उपचार सेवा पु¥याए नपु¥याएको अनुगमन गरी स्वास्थ्य उपचार कार्यलाई गुणस्तरियता प्रदान गर्न मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत लिखित निर्देशन पठाएको प्रवक्ता सेढाईंले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ०६ बजे