६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक


२३ मंसिर २०७७, मंगलबार  

0
Shares

Kala Patthar meaning ‘black rock’ in Sanskrit is a mountain in the Nepalese Himalaya. It appears as a big brown bump below the impressive south face of Pumori (7,161m / 23,494ft). Many trekkers in the region of Mount Everest will attempt to summit Kala Patthar, since it provides the most accessible point to view Mt. Everest from base camp to peak (due to the structure of Everest, the peak cannot be seen from the base camp). The views from almost anywhere on Kala Patthar of Everest, Lhotse and Nuptse are spectacular. Mount Everest (Sagarmatha) National Park.http://bem.2be.pl/IS/nepal_380.jpg

२३ मंसिर ०७७, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज(मंगलबार) सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
विभाग स्रोतका अनुसार सगरमाथाको हालको आठ हजार ८ सय ४८ मिटर उचाइ केही बढेको छ । कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन । विभागले दिउँसो १ः३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : १७ बजे