६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार कोरोना संक्रमणबाट २३ जनाको मृत्यु


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२३ मंसिर ०७७, काठमाडौं । मंगलबार नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मंगलबार थप २३ जनाको मृत्यु भएको छ । आजको संख्यासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या जम्मा एक हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभरका प्रयोगशालाहरुमा गरिएको कोरोना परिक्षण पछि एक हजार ३ सय ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ को पिसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख २९ हजार ५४ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६ सय २१ सङ्क्रमित निको भएर घर फर्किएका हुन् । हाल देशभर १२ हजार ६ सय ८६ सक्रिय सङ्क्रमित छन् ।
काठमाडौँ उपत्यकामा ५ सय ९४ थप
काठमाडौँ उत्यकामा थप ५ सय ९४ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार ४ सय ९८ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४ सय १३, ललितपुरका १ सय १३ तथा भक्तपुरका ६९ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ४२ बजे