६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सक्रिय कोरोना संक्रमित घटे


२४ मंसिर २०७७, बुधबार  

0
Shares


२४ मंसिर ०७७, काठमाडौं । देशभरमा आज (बुधबार)मङ्गलबारभन्दा ४ सय २७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४ सय ८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।
थपिएका सङ्क्रमितमध्ये पुरुष ६ सय ७० र महिला ३ सय ८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४ सय ८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५ सय ३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । .
आजसम्म निको हुने दर ९४ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८ सय ९६ रहेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ४ सय ९६ सङ्क्रमित थप भएका छन् । जसमध्ये २ सय ८८ पुरुष र २ सय १४ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा चार हजार ७ सय ८१, ललितपुर ९ सय ४० र भक्तपुरका ४ सय ५३ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २ सय ८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९ सय ७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसङ्ख्यामा ६१ हजार ८ सय ८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल सात हजार ६ सय ९ होम आइसोलेशनमा छन् ।
देशभरम ३ सय ३० सङ्क्रमित आइसियुमा रहेका छन्
तीन जिल्लामा पाँच सय बढी सङ्क्रमित, दुई जिल्लामा शुन्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५ सय बढी छन् भने मनाङ र डोल्पामा शुन्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, ललितपुर र कास्की रहेका छन् ।
१४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय ५१ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शुन्य दशमलव ६८ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५६ दशमलव पाँच छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ०४ बजे