२५ मंसिर ०७७, पाटन । कोरोनाको खोखिम रहीरहेकै समयमा गतमंगलबार विद्यालय खुलेपछि ललितपुरमा अन्यौल छाएको छ । कोरोना संक्रमणको उच्च जोखिमको यो समयमा विद्यार्थीलाई विद्यालय पठाउने नपठाउने अभिभावक दोधारमा छन् ।
ललितपुर जावखाखेलस्थित आर्दश विद्या मन्दिरमा आफ्नो छोरी पढाउने दिनश घिमिरे आफू बच्चालाई विद्यालय पठाउने नपठाउने निर्णय गर्न नसकेको बताउछन् ।
उनी भन्छन्, ‘ज्यान रहे फेरि पढाउला तर भोलि के होला यसै भन्न सकिएन । डरै डरमा बच्चालाई विद्यालय जाउ कसरी भनौं ।’
ललितपुर प्याप्सनका अध्यक्ष राधेश्याम महर्जन सबै स्थान खुलेकाले स्कुल बन्द गर्नुपर्ने कारण नभएको बताए । उनले भने,‘अहिले विद्यार्थी घरमा बसिरहेको छैन त्यसैले पनि जोखिम छ । स्कूलमा मापदण्ड पुरा गरेर अनुशशनमा बसे घरमा राख्नु भन्दा बरु सुरक्षित छ ।’ प्याप्सन अध्यक्ष महर्जने घरका परिवारका सदस्य भीडभाडमा जाने तर बच्चलाई सुरक्षित तरिकाले पढाउदा समस्या हुने भन्नु जायज होइन । उनले थपे,‘स्कूलबाट कोरोना उत्पती हुने होइन ।’
नगरपालिकाको सामाजिक विकाश समितीका संयोजक तथा वडाध्यक्ष दिनेश कार्कीले विद्यालय खोल्ने नखोल्ने निर्णय विद्यालय व्यवस्थापन समितीले गर्न सक्ने बताए । उनले भने,‘ विद्यालयले जोखिम आकलन गरेर विद्यालय नखोल्न पनि सक्छ । हामीले विद्यालय खोल्नै पर्छ भनेर भनेका छैनौं’
कोरोना संक्रमणको जोखम बढ्दै गए पनि विद्यालय बन्द गर्ने निर्णय हुन सक्ने वडाध्यक्ष कार्कीले जानकारी दिए ।
ललितपुर जिल्लाभित्र महानगरमा कोरोनाको संक्रमितको संख्या उच्च छ ।
स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरको तथ्याङ्कमा महानगरभित्र बुधबार ललितपुरमा ४७ जना कोरोना संक्रमित छन् । जवकी पुरै ललितपुरमा त्यस दिन मात्रै ७४ जना संक्रमित छन् ।
अधिल्ला दिनका तथ्याङ्कले पनि ललितपुर महानगरभित्र संक्रमित कम नभएको देख्न सकिन्छ । गतमंगलबार महानगरमा कोरोना संक्रमित ८१ जना सोमबार ४९ जना र आइतबार ५५जना संक्रमित भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्येख छ ।
महानगरको उपमेयर गिता सत्यालले ललितपुरमा विद्यालय सञ्चालनको खोखिमको प्रश्नबारे बोल्न अस्विकार गरिन् ।
२५ मंसिर २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया