१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा नगर सचेतना अभियान शुरु


२८ मंसिर २०७७, आइतबार  

0
Shares

महानगर दिवसको अवसरमा ललितपुर महानगरपालीकाले आयोजना गरेको नगर सचेतना अभियानको शुुभारम्भ गर्दै मेयर चिरिवावुु मर्हजन साथमा नगर प्रहरी प्रमुख सिताराम हाथुछे लगायत । तस्वीर ः प्रदीपराज वन्त\रासस

२८ मंसिर ०७७, पुल्चोक । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ बनाउने भन्दै अभियान शुरु गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले आज (आइतबार) आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्दै महानगरपालिकालाई स्वच्छ बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको दाबी गरे ।
नगर प्रमुख महर्जनले सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा भन्दै यो रोक्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पोष्टर, पम्पलेट र ब्यानरलगायतका वस्तु अब महानगरभित्र नदेखिने दावी गरे । महानगरका शोभा न्यूनीकरण गर्ने वस्तु हटाउन नगर प्रहरीलाई जिम्मेवारी दिइएको उनको भनाई थियो ।

महानगर दिवसको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको नगर सचेतना अभियानको ¥यालीमा सन्देशमूलक प्लेकार्ड बोकेर सहभागी हुँुदै ललितपुुर महानगरका नगरप्रहरी । तस्वीर ः प्रदीपराज वन्त/रासस

कार्यक्रममा नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकाभित्र फुटपाथ अतिक्रमण र अव्यवस्थित तार सुधारका काम आफूहरुले गरिरहेको दावी गरे । नगरप्रहरले हरिसिद्धिदेखि सानेपासम्मका होडिङ् बोर्ड झिकेको उनले जानकारी दिउका थिए । थापाथली पुलदेखि कुमारीपाटीसम्मको अव्यवस्थित तार व्यवस्थापन सकिएको र दुई महिनाभित्रमा लगनखेल हुँदै कुपण्डोल क्षेत्रमा काम हुने उनले बताएका थिए । मङ्गलबजार भनिमण्डल, सानेपा क्षेत्र र अन्त्यमा भैँसेपाटी हुँदै बुङ्मतीतिर काम समेत गर्ने योजना हाथेछुले सुनाएका हुन् ।
नगर प्रहरीले ११ सार्वजनिक स्थानमा बनाइएका घरटहरासमेत भत्काइसकेको कार्यक्रममा जानकारी दिइएको थियो । महनगरपालिकाले यहाँका कुमारीपाटी, बटुकभैैरव, कनिबहाल, महालक्ष्मीस्थान, लगनखेल, पाटन अस्पताल क्षेत्र,यातायात व्यवस्था कार्यालय परिसर, भनिमण्डल, जावलाखेल आदिमा दुईदेखि चार पाङ्ग्रे गाडी सडकमै पार्किङ् गर्ने गर्ने लगाइएकोबारे समेत उनले जानकारी दिए ।
सचेतना अभियान छ महिनासम्म चल्ने र अभियानमा महानगरपालिका नगर प्रहरी बिहान ११ देखि दिउँसो ४ बजेसम्म खटिने बाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : २८ बजे