८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरमा उत्कृष्ट करदाता सम्मान


२८ मंसिर २०७७, आइतबार  

0
Shares


२८ मंसिर ०७७, मंगलबजार । आन्तरिक राजश्व कार्यालय, ललिपुरको आयोजनामा आज (आइतबार) आर्थिक उत्कृष्ट करदाता सम्मान गरिएको छ ।
ललितपुरका उत्कृट करदाताका रुपमा भेगा फर्मास्यूटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक श्री रामचन्द्र भण्डारीलाई सम्मान गरिएको थियो ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनले कोरोनाका कारण स्थिल रहेको व्यापार व्यवसायहरु चलायमान हुन थालेकोमा खुशी पनि व्यक्त गरेको थिए ।
आन्तरिक राजश्व कार्यालय, ललितपुर कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराउका थिए ।।
आन्तरिक राजश्व विभागका निर्देशक श्री चुडामणी ढुङ्गानाले करको सुधारका बारेमा जानकारी दिएका थिए ।
राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री जीवनकुमार घिमिरेले व्यवसायीहरुले राजश्व सम्बन्धी नीति नियमका बारेमा जानकार हुन आवश्यक रहेको कुरा बताए । उनंलेसम्पूर्ण वस्तुगत संघ संस्थाहरुलाई करमा बारेमा सदस्यहरुलाई जानकार गराउन आग्रह गरे ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : २२ बजे