६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना निको हुने सङ्ख्या बढ्दै


२८ मंसिर २०७७, आइतबार  

0
Shares


२८ मंसिर ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५ सयजना कोरोना भाइरस सङ्क्रमणमुक्त निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १ सय ८१ नमूना परीक्षण गर्दा थप ८ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार ४ सय २३ पुगेको छ भने दुई लाख ३५ हजार ७ सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म एक हजार ६ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । हाल देशभरि १० हजार ९ सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।
प्रवक्ता डा गौतमले कोरोनाले ल्याएको क्षति कम गर्न सरकारको प्रयास जारी रहेको बताउँदै खोपको आविस्कार भइसकेको र त्यसलाई नेपालमा पनि सर्वसुलभ उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए । मन्त्रालयका अनुसार विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या पाँच करोड, पाँच लाख ६२ हजार ९३ सय ८ रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ३० बजे