ललितपुर खबर
२९ मंसिर ०७७, लेले । ललितपुरको लेलेस्थित इटा भट्टामा रोजगारी खोज्न आउनेको भीड लागेको छ ।
भक्तपुरका इटा भट्टा कोरोना संक्रमणका कारण यस बर्ष उत्पादन बन्द गर्ने निर्णय गरेपछि तराई र भारतबाट इटा भट्टामा रोजगारी खोज्न आउनेको भीड लागेको हो ।
हरेक बर्ष असारमा कामदार ल्याउनका लागि पेश्की दिने गरेकोमा यस बर्ष विना पेश्की काम देउ भन्दै धेरै श्रमिक आएको लेलेस्थित एच वि इटा भट्टाका संचालक देविरमण डंगोल बताउछन् । भन्छन्, ‘अरु उद्योगधन्दा बन्द भएर पनि होला यस बर्ष श्रमिक फालाफाल छ ।’
लेलेकै अर्को ज्ञान इटा भट्टाका संचालक ज्ञान डंगोलले आफ्नो भट्टामा पनि काम खोज्नेहरु धेरै आएको बताउछन् । भन्छन्, ‘हामी क्षमता भन्दा धेरै कामदार राख्न सक्दैनौं ।’
भक्तपुरमा ६४ बटा इटा भट्टा संचालित छन् । यस ठाँउका भट्टामा ललितपुरको भन्दा धेरै परिमाणमा इटा उत्पादन गर्ने डंगोल बताउँछन् ।
नेपालमा २५ प्रतिशत भारतीय कामदार आउने गरेको अनुमान छ । अन्य ७५ प्रतिशत कामदार पश्चिम नेपाल र राजधानीका श्रमिक छन् ।
आजकल इटा भट्टामा काम खोज्न हुलका हुल आउने गरेको एच वि इटा भट्टाका डंगोल बताउछन् ।
लक डाउनका कारण यस बर्ष थोरै ईंटा बनाउने योजना रहेको एच वि इटा भट्टाका डंगोल बताउछन् । भन्छन्, ४० जनाले काम शुरु गरेका छन् । यस बर्ष अरु कामदार थपिदैनन् ।’
यहाँ अघिल्ला बर्षहरुमा १ सय ५० जनाले रोजगारी पाउथे ।
यद्यपी इटा भट्टाहरुमा काम गर्ने कामदारहरुको बस्ने राम्रो व्यवस्थापन भएको पाइदैन ।
इटा भट्टामा काम गर्ने श्रमिकहरुको बस्ने राम्रो व्यवस्थापन नभएको गोदावरी नगगरका प्रवक्ता मिलन सिलवालले बताए । भने,‘हामीले श्रमिकहरुलाई राम्रो व्यवस्थापन गराउन पहल गरिरहेका छौं ।’
२९ मंसिर २०७७, सोमबार
0
Shares
प्रतिक्रिया