६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना परीक्षण कम हुँदा सङ्क्रमण पनि कम


२९ मंसिर २०७७, सोमबार  

0
Shares


२९ मंसिर ०७७, काठमाडौं । कोरोनाको पिसिआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज(सोमबार) सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४ सय २३ जनामा गरिएको परीक्षणमा ८ सय २१ जनामा सङ्क्रमण देखिएको छ । आइतबार पाँच हजार १ सय ८१ नमूना परीक्षण गर्दा थप ८ सय ३० जनामा सङ्क्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शङ्का र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले सङ्क्रमित दर घटेको बताए । उनका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् । आज देखिएका सङ्क्रमितमध्ये ३ सय १७ जना महिला र ५ सय४ जना पुरुष रहेका छन् । आज थपिएकासँगै मुलुकभरि सङ्क्रमितको अवस्था दुई लाख ४९ हजार २ सय ४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३ सय ३३ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये १ सय ४२ जना पुरुष र १ सय ९१ जना महिला रहेका छन् ।
सङ्क्रमितमध्ये २ सय ७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा आठ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा पाँच जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन् । भेन्टिलेटरमा प्रदेशन नं १ मा तीन जना, प्रदेश नं २ मा एक जना, वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन् । सङ्क्रमितमध्ये सात हजार ३ सय ४० जना होम आइसोलेशनमा छन् ।
८सय ४२ निको
सङ्क्रमितमध्ये आज ८ सय ४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५ सय ७३ जना रहेको छ ।
१८ जनाको निधन
सङ्क्रमणबाट बितेको २४ घण्टामा १८ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७ सय १६ जना पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ४३ बजे