१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलमा एक पुरुष मृत फेला


२ पुस २०७७, बिहिबार  

0
Shares


२ पुस ०७७, इमाडोल । ललितपुर महानगरपालिका(५ महालक्ष्मी मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
राजधानीका अपराधका घटनाहरु ः
जीवजन्तुको हाडखोर सहित पक्राउ
टोखा नगरपालिका २ चण्डेश्वरीबाट संरक्षित घस्रने जातको ८ वटा जिवित सुनगोहोरो र १ थान संरक्षित वन्यजन्तु चितुवाको टाउको (आखेटोपहार) सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ कानेपोखरी नगरपालिका(१ बस्ने ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुम लालिगुराँस नगरपालिका४ बस्ने ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरो (सरिसृप) प्रजाति अवैध रुपमा ओसार(पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिवित सुनगोहोरो प्रजातीको उद्दार गरी वन्यजन्तुको आखेटोपहार सहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ काठमाडौंमा बुझाईए ।
पनौताीमा तास खेल्ने २ पक्राउ
पनौती नगरपालिका ९ देविथान सामुदायिक वनभित्र चौरमा तास खेलिरहेको अवस्थामा २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पनौती नगरपालिका ९ बस्ने ३९ वर्षीय गोबिन्द राउत र रोशी गाउँपालिका(१ बस्ने २९ वर्षीय राज कुमार न्यौपाने रहेका छन् । उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले तास खेल्नेमध्ये उनीहरूलाई नगद १ लाख १ सय २० रुपैयाँ, १६ बुक तास र २ थान कार्पेट सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उक्त स्थानबाट उनीहरूले प्रयोग गरेका २ वटा गाडी, १० वटा मोटरसाइकल र १ वटा स्कुटर समेत नियन्त्रणमा लिएको छ । आ(आफ्नो सवारी साधानहरु समेत छाडी भागी फरार भएका अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
नागार्जुनमा सिंजाली मृत फेला
काठमाडौं, नागार्जुन नगरपालिका(२ राईचोकस्थित दिनेश फर्निचर काठ उद्योगमा काम गरी बस्ने पाल्पा रैनादेवी छहारा गाउँपालिक (८ घर भएका ४२ वर्षीय धनविर सिंजाली मगर बुधबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङ, सुन्दरबजार नगरपालिका(४ चारघरे बस्ने २६ वर्षीया धन माया मगर आफ्नै घर नजिक रहेको गोबर ग्याँसको सेफ्टी ट्याङ्कीभित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
थानकोटमा चोरी
चन्द्रागिरी नगरपालिका(६ थानकोट बालागाउँ बस्ने प्रबिन श्रेष्ठको टुईन्स ब्रदर्श सप्लायर्सबाट नगद ९ हजार रुपैयाँ, खाद्यन्न लगायत बिभिन्न सरसामान गरी करिब १० लाख ३५ हजार ७ सय रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १ : १३ बजे