४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


‘कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्छ’


३ पुस २०७७, शुक्रबार  

0
Shares

३ पुस ०७७, वाली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ ।
संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो ।
ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो ।
त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पु¥याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।
डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएकी हुन् ।
“कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरुले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ,” उनले भनिन् ।
अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने उनले बताइन् ।
स्वास्थ्यसम्वन्धी निकायहरुले सवैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् । सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ५४ बजे