६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलि खुमल्टार धाउदै


४ पुस २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

४ पुस ०७७, ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीमा समस्या पर्दै भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनको निवास खुमलटार धाउने अवस्था आएको छ । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड निवास पुगेका हुन् ।
प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली केही समयअघि त्यहाँ पुगेका हुन् । दुई अध्यक्षहरुबीच अहिले एक्लाएक्लै छलफल भइरहेको संयोजक सापकोटाले बताए । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : ४८ बजे