६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार ७ सय १० केरोना सङ्क्रमित


४ पुस २०७७, शनिबार  

0
Shares

४ पुस ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज(शनिबार) थप ७ सय १० जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७ सय १० जनामा सङ्क्रमण देखिएको हो । आज देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३ सय ६ र पुरुष ४ सय ४ जना छन् । विगत २४ घण्टामा चार हजार ७ सय ८० को पिसिआर परीक्षण गरिएको थियो ।
थपिएका सङ्क्रमणसँगै मुलुकभर सङ्क्रमतिको सङ्ख्या दुई लाख ५३ हजार १ सय ८४ पुगेको छ । सङ्क्रमितमध्ये ३४.५ प्रतिशत महिला र ६५.५ प्रतिशत पुरुष छन् । हालसम्म आठ हजार ८ सय ४० सक्रिय सङ्क्रमित छन् ।
१ हजार १ सय ७५ निको भए
आज एकै दिन एक हजार १ सय ७५ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म निको हुने सङ्ख्या दुई लाख ४२ हजार ५ सय ६७ पुगेको छ । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ ।
सङ्क्रमितमध्ये २ सय ८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा २३ जना, प्रदेश नं २ मा ११ जना, वागमती प्रदेशमा सय गण्डकी प्रदेशमा ७९ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेश सात जना र सुदूरपश्चिम प्रदेशमा सात जना उपचाररत रहेका छन् ।
यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा चार, प्रदेश नं २ मा एक, वागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशमा दुई जना उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार होम आइसोलेशनमा पाँच हजार ८ सय ३४ जना र क्यारेन्टिनमा ४ सय २१ जना रहेका छन् ।
उपत्यकामा २ सय ८७ संक्रमित
आज काठमाडौँ उपत्यकामा २ सय ८७ जनामा सङ्क्रमण देखिएको छ । तिमध्ये १ सय २१ जना महिला र १ सय ६६ जना पुरुष छन् । सङ्क्रमति शून्य भएको जिल्ला मनाङ र ५सय भन्दामाथि सङ्क्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र कास्की हुन् ।
१२ को निधन
यसैगरी सङ्क्रमणबाट विगत २४ घण्टामा १२ जनाको निधन भएको छ । आज निधन भएकासहित सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७ सय ७७ पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०.७ प्रतिशत निधन भएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : २४ बजे