६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस


५ पुस २०७७, आइतबार  

0
Shares

 

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजना गर्नुभएको कोरोना भाइरस रोकथाम र बन्दाबन्दी व्यवस्थापनका विषयमा अर्थ र स्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफलमा । तस्वीर सौजन्य ः प्रधानमन्त्रीको निजी सचिवालय

५ पुस ०७७,काठमाडौँ । विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गर्ने गरेको छ । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
प्रधानमन्त्री ओलीले केही दिन अघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । पार्टीभित्र अध्यादेशको विषयमा विवाद भइपछि नेकपाको बुधबार बसेका स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । आज बस्ने नेकपा स्थायी समितीको बैठकले प्रधानमन्त्री ओलीलाई राजिनामा दिन लगाउने निर्णय गर्न सक्ने अवस्थाको आकलन गरेर प्रधानमन्त्रीले संसद विघटनको निर्णय लिएका हुन् ।

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : २० बजे