६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद् विघटनप्रति कांग्रेसको ध्यानाकर्षण


५ पुस २०७७, आइतबार  

0
Shares


५ पुस ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रिपरिषद्बाट आज(आइतबार) प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी भएको सिफारिस र राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको आज बसेको बैठकले उक्त घटना लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको निष्कर्ष निकालेको छ । बैठकले सरकारले गरेको यो निर्णयले मुलुकलाई अस्थिरतातर्फ लैजाने निष्कर्ष निकालेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले वर्तमान असहज परिस्थितिमा नेपाली जनतासामु नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्मा क्रियाशील अन्य राजनीतिक दलहरुसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : १० बजे