६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेसद्वारा सर्वदलीय बैठक आह्वान


६ पुस २०७७, सोमबार  

0
Shares

६ पुस ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज(सोमबार) अपराह्न ४ः०० बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको प्रतिनिधिसभा विघट्नको सिफारिसअनुसार राष्ट्रपतिले सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ५० बजे