६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज ७ सय ४२ जनामा कोरोना सङ्क्रमण


६ पुस २०७७, सोमबार  

0
Shares


६ पुस ०७७, काठमाडौं । गएको २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ४८ पुरुष र २ सय ९४ महिला गरी कूल ७ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५४ हजार ५ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७ सय ४३ पुगेको छ । अहिलेसम्म नेपालमा सात हजार ९ सय ७६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा २३ सय ५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : १९ बजे