६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरको झरुवाराशीमा एक युवक झुण्डिएको अवस्थामा फेला,शंकास्पद भन्दै आफन्त विरोधमा


७ पुस २०७७, मंगलबार  

0
Shares


ललितपुर खबर
७ पुस ०७७, झरुवाराशी । ललितपुरको झरुवाराशीमा एक युवकले राती झुण्डिएको अवस्थामा फेला परेका छन् । उनी युवक मंगलबार विहान उनी बस्ने घरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
महानगरिय प्रहरी बृत्त चापागाँउका इन्सपेक्टर राजेन्द्र थापाले काभे् जिल्लाका स्थायी घर भएका २१ बर्षका सविन चोलागाँई झुण्डिएको अवस्थामा फेला परेको पुष्टि गरे ।
प्राप्त जानकारी अनुसार इन्सपेक्टर थापाको नेतृत्वमा प्रहरी टोली भर्खरै घटनास्थल पुगेको छ । मृतकका आफन्त आइपुगेको प्रहरीले जानकारी दिएको छ । भने शव अहिलेसम्म घटनास्थलबाट निकालिएको छैन । घटनास्थलमा वरपरका स्थानीयबासीको भीड छ । घटना शंकास्पद रुपमा रहेको एक स्थानीयले बताए ।
मृतकी श्रीमती गोदावरी नगरपालिकाकी कर्मचारी रहेको र उनको श्रीमान् श्रीमतीबीच झगडा परिरहने उनले बताए ।
गतसोमबार पनि मृतक ढोका लगाएर ट्वाइलेटमा पसेको र आधा घण्टासम्म नजिस्केपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटना शंकास्पद भन्दै स्थानीयबासी तोडफोटमा निस्कने तयारीमा रहेको उनले बताए । भने, ‘ट्वाइलेट फोरेर युवकको लास निकाल्ने नआइ लास उठाउन पाइदैन भन्दै आफन्त बसेका छन् ।’
मृतक सविन र श्रीमती बस्ने गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रस्तुत समाचारमा मृतको नाम सविन हुनु पर्नेमा प्राविधिक कारणले रविन हुन गएको साथै सविनको मृत्यु सोमबार साँझ भएको र भूलवश छोरी समेत रहेको रहेको उल्येख भएकोमा सच्याइएको छ । केही समयका लागि गलत तथ्य पोष्ट हुन भएकोमा क्षमा प्रार्थी छौं ।
सम्पादक

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : २९ बजे