ललितपुर खबर
८ पुस ०७७,माइतीघर । राजधानीको माइतीघर मण्डला पछिल्लो समय तातेको छ र एकातिर उखु किसान आन्दोलित छन् भने अर्कोतिर सरकारको संसद विघटनविरुद्ध नेकपाकै कार्यकर्ता सडकमा ओर्लका छन् ।
प्रधानमन्त्रीको पद धरापमा गरेपछि हठात् प्रधानमनत्री केपी शर्मा ओलीले संसद विघठन गरी दिएपछि नेकपाको नेपाल–प्रचण्ड पक्षका समर्थक सडकमा ओलेका हुन् । मंगलबारको प्रर्दशनमा सडकमा आएका विद्यार्थीभन्दा प्रहरी परिचालन धेरै थियो ।
मंगलबारै नेकपाका नेपाल–प्रचण्ड पक्षका समर्थक र प्रधानमन्त्री ओली समर्थकले २ घण्टाको फरकमा कार्यक्रमा राखेपछि सुरक्षा संवेदनशितलालाई ध्यान दिएर धेरै प्रहरी परिचालन गरेको हो ।
दिउँसो ३ बजे नेपाल–प्रचण्ड पक्षका समर्थकले सरकारको विरोधमा सडक ओर्लेका थिए भने ५ बजे प्रधानमन्त्री ओलि पक्षका कार्यकर्ता निर्वाचनलाई स्वागत गर्न माइतीघर भेला भएका थिए ।
तस्विरहरु ः ललितपुर खबर
प्रतिक्रिया