८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी टी १० लिग खेल्ने


९ पुस २०७७, बिहिबार  

0
Shares

९ पुस, ०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् ।
यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।

सोमपाल कामीलाई मराठा अरबियन्सले, करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका छन् । सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन् ।

करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन् ।
आउँदो संस्करणको टी–टेन लिग आबुधाबीमा जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुँदैछ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ९ : ५५ बजे