६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाका प्रचण्ड–नेपाल समूह संसद विघटनविरुद्ध आन्दोलनमा


९ पुस २०७७, बिहिबार  

0
Shares

९ पुस, ०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलन गर्ने भएको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले देशव्यापी प्रदर्शन १४ गते गर्ने बताएका छन् । प्रदर्शन काठमाडौं केन्द्रित हुने उनको भनाइ छ । यस्तै आजको बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ।

यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । यस्तै २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने पनि केन्द्रीय समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ४ : १९ बजे