१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओलीले गरे प्रचण्डलाई कारवाही


९ पुस २०७७, बिहिबार  

0
Shares

तस्बिरः सूर्य थापाको फेसबुकबाट

९ पुस, ०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हटाउने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले अक्षमता प्रदर्शन गरेको र पार्टीमा ध्यान नपुर्‍याएको भन्दै ओलीलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ।
यस्तै बिहीबारको बैठकले दाहाल–नेपाल पक्षका चार प्रदेश संयोजकलाई कारबाही गर्दै नयाँ संयोजक तोकेको छ। बैठकले प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गर्दै नयाँलाई तोकेको हो।
प्रचण्ड नेपाल समुहका प्रदेश–१ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई तोकिएको छ। प्रदेश २ मा ओलीनिकटका सत्यनारायण मण्डल नै कायम छन्।
बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल ईन्चार्ज भएका छन्।
कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ। जनवर्गीय संगठनको मोर्चामा जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।