२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


धितोपत्र बोर्डले ब्रोकर कमिसन घटायो


१० पुस २०७७, शुक्रबार  

0
Shares

१० पुस ०७७, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । आइतबारदेखि लागु हुने गरी ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको हो । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार लगानीकर्ताले यसअगाडि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्दै आएका थिए। बोर्डको नयाँ व्यवस्थापछि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४०२ प्रतिशतले तिर्नुपर्ने भएको छ।
त्यस्तै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्दै आएकोमा अबदेखि ०.३६८५ प्रतिशत तिर्नुपर्ने भएको छ। हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्दै आएकोमा अबदेखि ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको लागि ०.३३५ प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
एक करोड रुपैयाँभन्दा माथिको कारोबारको हकमा हाल ०.४० प्रतिशत तिर्दै आएकोमा अबदेखि ०.२६८ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ।

हेर्नुहोस्

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।