६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ विदेश उपमन्त्रीको टोली नेपालमा


१२ पुस २०७७, आइतबार  

0
Shares

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ आइतबार नेपाल भ्रमणका क्रममा त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्बिर : रोशन सापकोटा/रासस

१२ पुस ०७७, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री गुओ यझाउको टोली नेपाल आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीमा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोलीकाठमाडौं आएको हो ।

चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यद्यपि उपमन्त्री गुओसहित चार जनाको टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेकपा विभाजनपछि चिनियाँ राजदूतको अनपेक्षित सक्रियता बढेको भनेर सर्वत्र आलोचना भइरहेका वेला हुन लागेको उनको नेपाल भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेतालाई भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ४ : ०७ बजे