एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानको बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेलेको हो । १२ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लिएको थियो । ८२ औँ मिनेटमा सेमी एजायीले वेष्ट ब्रोमका लागि बराबरी गोल फर्काएका हुन् । बराबरीपछि शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३२ अंक भएको छ । पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमको १५ खेलबाट ८ अंक मात्रै भएको छ ।
१३ पुस २०७७, सोमबार
0
Shares
प्रतिक्रिया