४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ११ लाख पुग्यो


१३ पुस २०७७, सोमबार  

0
Shares

१३ पुस ०७७, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८ करोड ११ लाख ९३ हजार  १२० पुगेको छ । संक्रमितमध्ये ५ करोड ७३ लाख ३६ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।
वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ७३ हजार ६८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ८३ हजार १२६ जना रहेका छन् । अमेरिकामा कुल संक्रमित १ करोड ९५ लाख ७३ हजार ८४७ जना पुगेको छ । ३ लाख ४१ हजार १३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  १४ लाख ९५ हजार  ८७५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ८३४ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ८ हजार ७२५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार ९४० पुगेको छ । ९७ लाख ८२ हजार ६६९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ७८ हजार ११६ जना रहेका छन् ।
ब्राजिलमा ७४ लाख ८४ हजार  २८५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९१ हजार १४६ को मृत्यु भएको छ । ६५ लाख १५ हजार ३७० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ७७ हजार ७६९ जना रहेका छन् ।
रुसमा ३० लाख ७८ हजार ३५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५५ हजार २६५ जनाको मृत्यु भएको छ । २४ लाख ७१ हजार ३०९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ५१ हजार ४६१ जना रहेका छन् ।
फ्रान्समा २५ लाख ५९ हजार ६८६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६२ हजार  ७४६जनाको मृत्यु भएको छ । १ लाख ८९ हजार ९४१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २३ लाख ६ हजार ९९९ जना रहेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : ५२ बजे