१४ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी थिए । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीद ढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।
प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका शीर्ष नेताको सहभागिता रहेको छ ।
तस्बिरमा हेर्नुहोस्
तस्बिरः प्रचण्डको फेसबुक पेजबाट
प्रतिक्रिया