८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


माकलबारीको १०औँ साधारणसभा सम्पन्न


१५ पुस २०७७, बुधबार  

0
Shares

१५ पुस ०७७, काठमाडौं । माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पुस ११ देखि १४ गतेसम्म संस्थाको कार्यालयमै साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुण्यप्रसाद दाहालले सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामकरूपमा विस्तार हुन सुझाव दिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का वडा सदस्य जयराम महतले सहकारीले आगामी दिनमा थप चुस्त र स्तरीय सेवा दिनका लागि सेवाहरुको विस्तार गर्न सुझाव दिए । सहकारी ऐन २०७७ ले कल्पना गरेको ‘एक व्यक्ति एक सदस्य’को अवधारणालाई पालन गर्दै माकलबारी बचत तथा ऋण सहकारी संस्था र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाबीच हुदै गरेको एकीकरणको शुभकामना दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै हालसम्म संस्थामा रु तीन करोड २७ लाख ५५ हजार ५३ कारोबार भएको, शेयरपूँजी रु ४५ लाख ८८ हजार २०० रहेको र ऋण लगानी रु दुई करोड १३ लाख ७६ हजार ९८७ रहेको जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ३० बजे