१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाटन अस्पताल अगाडि नै भेटियो लागु औषध


१५ पुस २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

१५ पुस ०७७, पाटन । ललितपुर महानगरपालिका ५ पाटन अस्पताल अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल बुप्रेनोर्फिन र ३ सय एम्पुल फेनारगनसहित भारत बिहार ठेगाना भएका २३ वर्षीय जमाल आलमलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई यो लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै ललितपुर महानगरपालिका ११ बंगलामुखी मन्दिर अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध ९० एम्पुल डाईजेपाम, ९० एम्पुल बुप्रेनोर्फिन र ९० एम्पुल फेनारगन सहित ललितपुर महानगरपालिका २० बस्ने ३५ वर्षीय सुरेश खड्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।