ललितपुर खबर
१६ पुस ०७७, तिनपाने । चिसो चिसो मौसम, पुसको ठण्डी अनि हिउ पर्ने मौसम । ललितपुरको लेले– भट्टेडाँडाको सिमानामा पर्ने विर्केधारा , कोटडाँडा र तिनपाने भञ्ज्याङ्ग आसपास मा बुधबार हिउझैं सेताम्मे तुसारो देखियो ।
मध्य पुसको चिसो बेला मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाको तापक्रम झण्डै १ डिग्रीमा झरेको छ । पहाडको कुना काप्चाबाट बग्ने स साना मुहानमा पानी समेर शिशा बनेको देख्न सकिन्थ्यो ।
सेताम्मे तुसारोमा टेकेर गुड्ने मोटरसाइकल चिप्लेर लड्ने गरेको देखिन्थ्यो ।
सदरमुकामबाट दक्षिण ललितपुर जाने नाकाबाट उत्तरी हिमाल प्रष्टै देखिन्छ । हिमाल देखिने यो अग्लो डाँडामा निरन्तर सिरसिर हावा चल्छ । हिउँदमा सधै चिसो रहेने सिमसार जंगल क्षेत्रमा उसै चिसो हुन्छ ।
प्रतिक्रिया