६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा प्रदेश १ को संसदीय दल विभाजन, नेतामा आचार्य चयन


१६ पुस २०७७, बिहिबार  

0
Shares

१६ पुस ०७७, काठमाडौं । प्रदेश एकको नेकपा संसदीय दल औपचारिक रुपमा विभाजन भएको छ । प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री एबं संसदीय दलका नेता शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई नेता चयन गरेको हो ।
बिहीबार बसेको दाहाल नेपाल समूहको संसदीय दलको बैठकले राईलाई नेताबाट हटाएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको दाहाल नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्तावित आचार्यलाई संसदीय दलको नेता घोषणा गरेको हो । आचार्य यसअघि राईसँग संसदीय दलको नेतामा पराजित भएका थिए । मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् । आचार्य नेकपाका प्रदेश एक इन्चार्ज हुन् ।

प्रदेश १ मा प्रदेशसभामा ९३ जना सदस्य छन् । प्रदेश एकको प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । तिमध्ये ३७ जनाले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । तिमध्ये एकजनाले भने हस्ताक्षर फिर्ता लिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : ४२ बजे