६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड–नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा


१८ पुस २०७७, शनिबार  

0
Shares

 


१८ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले २० गतेदेखि माघ २३ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । प्रचण्ड–नेपाल समूहले पर्सि २० गते पालिकास्तरमा र २५ गते वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

यस्तै २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । प्रचण्ड–नेपाल समूहले माघ २३ गतेसम्म पालिकादेखि केन्द्रसम्म देशव्यापी विरोध प्रदर्शनदेखि भेला र संगठन विस्तारमा काम गर्ने जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ५४ बजे