६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार ४ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि


१८ पुस २०७७, शनिबार  

0
Shares

१८ पुस ०७७, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समय देशभरका प्रयोगशालामा पाँच हजारको नमूना परीक्षण गर्दा १ सय ७४ महिला र २ सय ४५ पुरुष गरी ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७ सय ५० छन् । योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्किनेकोे सङ्ख्या दुई लाख ५३ हजार ८ सय ५ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ९७ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर अहिले पाँच हजार ७ सय ११ सक्रिय सङ्क्रमित छन् । तिनीहरुमध्ये ३ सय ६७ क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा छन् । मुलुकमा हालसम्म १९ लाख ४२ हजार ७ सय २ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६८ महिला र ७६ पुरुष छन् ।
थप ६ को मृत्यु

पछिल्लो २४ घण्टामा थप छ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ५३ बजे