८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रिमियर लिगमा आर्सनलको सहज जित


१९ पुस २०७७, आइतबार  

0
Shares

एजेन्सी । प्रिमियर लिगमा आर्सनलले वेष्टब्रुमलाई ४–० गोलले हराएको छ । बुकायो साकाले २८ औं मिनेटमा आर्सनलका लागि दोस्रो गोल गरे । थप २ गोल दोस्रो हाफमा सम्भव भएको थियो । दुवै गोल अलेक्जान्द्रे लाकाजेट्टेले गरेका हुन् । चौथो गोल इमली स्मिथ रोयले प्रहार गरेको बल रिबाउन्ड भएपछि लाकाजेट्टेको नाममा रहेको हो ।

आर्सनलले पछिल्लो तीन लिग खेलमा लगाता जित हासिल गरेको छ । त्यसअघि लगातार ७ खेलसम्म उसले जित निकाल्न सकेको थिएन ।
वेष्ट ब्रुमले नयाँ प्रशिक्षक साम एलार्डिसमातहत चौथो खेल खेलेको छ । ६ अंकका साथ वेष्ट ब्रुम पुछारबाट दोस्रो स्थानमा छ । आर्सनल ११ औं स्थानमा पुगेको छ । शीर्ष स्थानको लिभरपुलभन्दा १० अंकले पछि छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : १४ बजे