८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट खेलमा ललितपुर विजयी


१९ पुस २०७७, आइतबार  

0
Shares

फाइल तस्विर

१९ पुस ०७७, ललितपुर । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज आइतबार भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ । ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई १ सय २३ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो ।
ललितपुरले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा त्रिविले नौ विकेट गुमाएर १ सय ४५ रन मात्र बनायो । २ सय ६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा त्रिविका लागि पृथु बाँस्कोटाले ४९, सुशान्त तिमल्सिनाले २८ तथा निराकार राईले १० रन बनाए । बलिङतर्फ ललितपुरका आशुतोष घिरैयाले तीन तथा विपिन आचार्य र सुमित झाले दुई–दुई विकेट लिएका थिए ।

यसअघि ललितपुरका लागि पवनगोपाल श्रेष्ठले अविजित ११७ रनको शतकीय पारि खेल्नुभयो । उहाँले १०३ बल खेल्दै तीन छक्का र १० चौका प्रहार गर्नुभयो । यस्तै सचिन लेखकले ६८ तथा आशुतोष घिरैयाले ३१ रन बनाउनुभयो । बलिङतर्फ त्रिविका लागि पृथु बाँस्कोटाले चार तथा सुशान्त तिमल्सिनाले दुई विकेट लिनुभयो ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ४३ बजे