६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विष्फोटक पदार्थ सहित ३ जना पक्राउ


२० पुस २०७७, सोमबार  

0
Shares

२० पुस ०७७, कालीकोट । नरहरीनाथ गाउँपालिका ९ लालु बस्ने दोभान भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोट भेरी नगरपालिका २ बस्ने प्रकाश भन्ने ३२ वर्षीय पदम बहादुर पुनलाई विभिन्न विष्फोटक पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कालीकोट र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुर्गाराजको घरमा जाँच गर्नेक्रममा लुकाई राखेको १ नाल काठको बन्दुक, १ थान प्रेसर कुकर बम, १ रोल ईलेक्ट्रिक तार, १५ पिस डेटोनेटर, ५ प्याकेट पटाका, बम बनाउन प्रयोग हुने १० थान सकेट, १ थान ब्याट्री चार्जर, २ थान सेप्टी फ्युज, १ लोला नेपालाइट, ५ सय ग्राम सोडा, १ थान कनेक्शन स्टिक, केप बनाउन प्रयोग हुने १५ थान आल्मुनियमको टुक्रा र १ केजी गन्धक लगायतका विष्फोटक पदार्थहरू तथा २० थान एनटीसी सिमकार्ड सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ५२ बजे