६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोमबार ४ सय ३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि


२० पुस २०७७, सोमबार  

0
Shares

२० पुस ०७७,काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०१ को स्वास्थ्य परीक्षण गर्दा १५९ महिला र २४४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार २६२ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५९४ निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ५५ हजार ८८ (९७.३ प्रतिशत) रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर पाँच हजार २८९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ३४२ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा छन् । हालसम्म १९ लाख ५२ हजार ९०३ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८२ महिला र १०३ पुरुष गरी १८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८८५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ५९ बजे