६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ढल्केबर सबस्टेशनको क्षमता वृद्धि


२० पुस २०७७, सोमबार  

0
Shares

DCIM100MEDIADJI_0028.JPG

रमेश लम्साल/रासस
२० पुस ०७७, काठमाडौं । देशको विद्युत् प्रणालीको प्रमुख हवका रुपमा रहेको ढल्केबर सबस्टेशनलाई थप क्षमतायुक्त बनाइएको छ । हालसम्मकै सबैभन्दा ठूलो मानिएको उक्त सबस्टेशनमा थप ३ सय १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।
धनुषामा रहेको यस सबस्टेशनको क्षमता बढाइएपछि पूर्वी तथा पश्चिम नेपाल एवम् राजधानी काठमाडौँमा विद्युत् आपूर्तिका लागिसमेत थप सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २ सय २०÷१ सय ३२, ३ सय १५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर थप गरी थप क्षमतायुक्त बनाएको हो ।
प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेशनमा जडान गरिएको ३ सय १५ एमभिएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिनुभयो । अहिले ढल्ेकबर सबस्ेटशनमा २ सय २०÷१ सय ३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३ सय २० एमभिए छ । अब सबस्टेशनको क्षमता ६ सय ३५ एमभिए पुगेको छ । ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३ सय १५ एमभिएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको कामु कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।
“कूल ३ सय १५ एमभिएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करीब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ”, उहाँले भन्नुभयो । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरुपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको उहाँको भनाइ छ । केही महिनाअघि सञ्चालनमा आएको ४ सय÷२ सय २० केभी ढल्केबर सबस्टेशनमा ३१५ एमभिए क्षमताका तीनवटा गरी ९ सय ४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करीब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्ने क्षमता राख्दछ ।
प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठका अनुसार अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप करीब एक सय मेगावाट विद्युत् आयात गर्न सकिनेछ । “अहिले हाम्रो संरचनाले नधान्ने हुँदा त्यहाँबाट करीब २ सय ७० देखि २ सय ८० मेगावाट विद्युत् आयात भइरहेको थियो, भारतीय पक्षले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत थप एक सय मेगावाट विद्युत् दिन सकिने बताएको छ, अब ३ सय १५ एमभिएको ट्रान्सफर्मर चार्ज भएकाले आवश्यक परेमा थप विद्युत् ल्याउन सकिन्छ”, श्रेष्ठले भने ।
प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड(एनभिभिएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २ सय ५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३ सय ५० मेगावाटसम्म र मे–जुनमा २ सय मेगावाटसम्म विद्युत् खरीद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।
ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४ सय केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि सय केभी र २ सय २० केभीको संरचना तयार भइनसकेकाले ४ सय केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १ सय ३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ । हेटाँैडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारण लाइन १ सय ३२ केभीमा मात्रै सञ्चालनमा छ । खिम्ती–ढल्केबरलाई २ सय २० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पु¥याइने छ ।
आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ । २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।
बर्खायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६सय मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बंैकिङ गर्नसमेत बाटो खुल्नेछ । दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । प्राधिकरणले अन्य सबस्टेशनको समेत क्षमता वृद्धि गर्दैै लैजाने योजना बनाएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : २१ बजे