६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३७ हजार स्वाब परीक्षणपछि डाक्टर नितु आफैँ सङ्क्रमित


२० पुस २०७७, सोमबार  

0
Shares


२० पुस ०७७, चितवन । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी अहिले आएर आफैँ सङ्क्रमित भएकी छिन् ।
भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोरोना प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन् ।
उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छिन् उनीसँँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएका छन् । अधिकारीले भने, “निकै गाह्रो हँदो रहेछ ।” उनले टाउको, शरीर र छाती दुखेको बताए । त्यस प्रयोगशालामा दैनिक ६ सयसम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो ।. त्यस ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको थियो ।

भरतपुर कोरोना प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुनु पुगेको बताउँछन् । “पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका बस्दाको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ”, डा अधिकारीले भनिन् “कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।”

जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १सय १ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरमा मात्रै चार हजार ५ सय ८९ जना छन् । माडीमा १ सय ३१, राप्तीमा ३ सय ११, रत्ननगरमा ७ सय ५७, खैरहनीमा ३ सय ९८, कालिका नगरमा १ सय ८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ११ : ०५ बजे