२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तोलामा रु १,१०० ले उकालो लाग्यो सुनको मूल्य


२१ पुस २०७७, मंगलबार  

0
Shares


२१ पुस, ०७७ काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो ।
यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।

 

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।