६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु


२१ पुस २०७७, मंगलबार  

0
Shares

एक गैडा ।

२१ पुस ०७७, चितवन । गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ५९ बजे