२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पृथ्वीनारायण शाहको तस्वीर अङ्कित मुद्रा निकाल्न सुझाव


२२ पुस २०७७, बुधबार  

0
Shares


२२ पुस ०७७, काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासगँ आह्वान गरिएको छ ।
समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उनको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशन गर्न सरकारसँग आग्रह गरेका छन् । दुई सय ९९आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उनीहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरेका छन् । नेपाली एकताका प्रतीकका राष्ट्रिय विभूति पृथ्वीनारायणले त्यस समयमै अघि बढाएका पारदर्शी, उत्तरदायी, उद्योगधन्दा स्थापना, वातावरण सन्तुलन, परराष्ट्र नीति, सुरक्षा जस्ता विषय अहिले झन्झन् सान्दर्भिक बन्दै गएको स्मरण गरियो ।

अभिनेत्री मनिषा कोइरालाले राष्ट्रनिर्माताको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस भव्यरुपमा बनाउन सम्पूर्ण नेपालीजनलाई आह्वान गरिन् । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायणले त्यस समयका ससाना राष्ट्रलाई एकीकरण गरी चार वर्ण र छत्तीस जातको साझा फूलबारीका रुपमा नेपाललाई अघि बढाएका थिए ।
राष्ट्रिय झण्डामा एकताबद्ध भई राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता, आत्मस्वाभिमान, समृद्धि र सुशासनका पक्षमा उभिन सबै नागरिकसँग आग्रह गर्दै वक्ताले एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरे । पृथ्वीनारायणको जन्मस्थान संरक्षण, योगदानका गाथा समेटिएको सङ्ग्रहालय स्थापना, दिव्योपदेश विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश तथा जीवनी समेटिएको वृत्तचित्र बनाउन पनि सो अवसरमा सरकारसँग माग गरे ।
नेकपा (माले)का महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनाली, पुराना राजनीतिज्ञ हरिबोल भट्टराई, प्रेम कैदी, विपीन कोइराला, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल, गुरु वशिष्ठ, प्रा डा उत्तम कर्माचार्य, अभियानकर्मी सुरेन्द्र भण्डारीलगायतले सम्पूर्ण जीवन एकीकरणमा खर्चिएका राष्ट्रनिर्माताको दिव्योपदेशलाई बेवास्ता गरिँदा मुलुकले विदेशी हस्तक्षेपको सामना गर्न परेको घटना सुनाए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।