२२ पुस ०७७, ललितपुर । सुनको भाउ बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला ९६ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबार ९५ हजार ९०० मा कारोवार भएको थियो ।
त्यस्तै चाँदीको बुधबार प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया