६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ग्याँस पड्केर आगलागीपछि वावु छोरी गम्भिर घाइते


२२ पुस २०७७, बुधबार  

0
Shares

२२ पुस ०७७, काठमाडौं । काठमाडौं, तार्केश्वर नगरपालिका ८ जरङ्खुमा ग्याँस पड्केर आगलागी भएको छ । यस स्थानमा डेरा गरी बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका २ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा खाना पकाउने क्रममा ग्याँस पड्किदा मंगलबार साँझ आगलागी भएको हो । आगलागीमा परेर श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा श्रेष्ठ घाईते भएकी छन् ।
घाईतेमध्ये रामचन्द्र श्रेष्ठलाई शिक्षण अस्पताल महाराजगंज हुँदै थप उपचारको लागि करुणा अस्पताल कपन रिफर गरिएको छ भने रक्षा श्रेष्ठको कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।

साथीले छुरा प्रहार गर्दा मृत्यु
भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा त्यही ठाँउका २५ वर्षीय सुबोध शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १६ बाईपास ओरालोस्थित सडकमा सुबोधले मंगलबार राति छुरा प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
छुरा प्रहार गरी फरार रहेका सुबोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना.१ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका ८ शितलबस्तीबाट मातातिर्थ घर भएका ३२ वर्षीय सुमन कार्की र सोही नगरपालिका ५ महादेबस्थान बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय १९ ट्याबलेट नाईट्राभेट र २ थान मोबाईल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

ललितपुरमा प्रहरी अनावश्यक हैरानी दिने नियन्त्रणमा

महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका ४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ठिमीमा ट्रकको टक्करले स्कुटी चालकको मृत्यु

भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित सडकमा लु.२ ख ६७८ नम्बरको ट्रकले बा.८२ प ९७३७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सूर्यबिनायक नगरपालिका ४ दधिकोट बस्ने ५८ वर्षीय नरहरी न्यौपानेको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीको मिलनचोकमा चोरी
काठमाडौं महानगरपालिका ३१ मिलन चोक डेरा गरी बस्ने सोही महानगरपालिका शान्तिनगर घर भएका ३९ वर्षीय बिजय लामाको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडेर ५ तोला सुनका विभिन्न गहना र नगद ६ हजार रुपैयाँ गरेर करिब ४ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : १० बजे